२०७७ फाल्गुन २०, बिहीबार

जीवनशैली

यस्ता छन् लकडाउन अन्त्य गर्नेसहित कोरोना र लकडाउनसँग सम्बन्धित मन्त्रिपरिषदले गरेको स्वास्थ्यका ११ निर्णय

यस्ता छन् लकडाउन अन्त्य गर्नेसहित कोरोना र लकडाउनसँग सम्बन्धित मन्त्रिपरिषदले गरेको स्वास्थ्यका ११ निर्णय

अन्तर्वार्ता, उपचार बिधी, जीवनशैली
काठमाडौं- सरकारले आजदेखि लकडाउन अन्त्य गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्। भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। सरकारले लकडाउन अन्त्य गर्ने निर्णयमा लकडाउन र कोरोनासँग सम्बन्धित स्वास्थ्यका ११ वटा निर्णय पनि गरेको छ। हेरौं निर्णय  विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा देहायबमोजिम गर्ने गराउने गरी संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम देहायको आदेश जारी गर्ने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाश...