२०७८ असार ५, शनिबार

अन्तर्वार्ता

 

यस्ता छन् लकडाउन अन्त्य गर्नेसहित कोरोना र लकडाउनसँग सम्बन्धित मन्त्रिपरिषदले गरेको स्वास्थ्यका ११ निर्णय

यस्ता छन् लकडाउन अन्त्य गर्नेसहित कोरोना र लकडाउनसँग सम्बन्धित मन्त्रिपरिषदले गरेको स्वास्थ्यका ११ निर्णय

अन्तर्वार्ता, उपचार बिधी, जीवनशैली
काठमाडौं- सरकारले आजदेखि लकडाउन अन्त्य गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्। भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। सरकारले लकडाउन अन्त्य गर्ने निर्णयमा लकडाउन र कोरोनासँग सम्बन्धित स्वास्थ्यका ११ वटा निर्णय पनि गरेको छ। हेरौं निर्णय  विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा देहायबमोजिम गर्ने गराउने गरी संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम देहायको आदेश जारी गर्ने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाश...
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कार्यरत नर्सको अनुभव

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कार्यरत नर्सको अनुभव

अन्तर्वार्ता, उपचार बिधी, समाचार, स्वास्थ्य विशेष
म झापा बिर्तामोड निवासी पेसाले एक नर्स हुँ। हाल झापास्थित देवि मावि झापा बिर्तामोडमा स्कुल हेल्थ नर्सको रुपमा कार्यरत छु। विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको बिगबिगी जताततै फैलिरहेको बेला नेपाल पनि यसबाट चोखो रहन सकेन। नेपालमा पनि लकडाउन सुरु भएदेखि सम्पूर्ण विद्यालय बन्द भए। पठनपाठन ठप्प नै भयो। एउटा स्कुल हेल्थ नर्सको नाताले म पनि यो महामारीप्रति चिन्तित नै थिएँ। कहीँ कुनै  विद्यार्थी पनि संक्रमित भए भने त्यसको नतिजा  के होला? यसरी नै मनमा खुल्दुली चलिरहेको थियो। २०७७-१-९ गते  अचानक प्रदेश १ मन्त्रालयबाट फोन आयो। उहाँहरुले जानकारी दिए अनुसार प्रदेश १ ले तयार पारेको कोरोना अस्पतालमा प्रदेश १ का स्कुल हेल्थ नर्सहरुलाई पनि खटाइने कुरा जानकारीमा आयो। मलाई पनि त्यहाँ ड्युटीमा राखिएको कुरा थाहा पाएँ। तत्कालै कै भन्न सकिनँ। यत्रो महामारीले संसारलाई हल्लाइरहेको...
मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ताजनक : विश्व स्वास्थ्य संगठन

मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ताजनक : विश्व स्वास्थ्य संगठन

अन्तर्वार्ता
एजेन्सी- विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ। विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुराको बताएका हुन्।  उनले भने‚ ‘केही मध्यपूर्वका राष्ट्रहरुमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केस बढिरहेकोले अबको अवस्था आगामी दिनमा झन् खतरा हुँदै जाने देखिएको छ।’  उनका अनुसार साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको हो।  ती देशहरुमा मृत्युदर पनि बढ्दै गएको देखिएको छ। निर्देशक मान्धारीका अनुसार ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्युदर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले वृद्धि भएको पाइएको छ।  त्यस क्षेत्रमा गएका केही हप्तायता निको हुने दर पनि स्थिर रहेको देखिन्छ। प्राप्त समाचारमा ती क्ष...
कोरोनाको ‘हट स्पट’ दैलेखमा कसरी भयो संक्रमितको उपचार?

कोरोनाको ‘हट स्पट’ दैलेखमा कसरी भयो संक्रमितको उपचार?

अन्तर्वार्ता
काठमाडौं– छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै त्यहाँ रहेका नेपालीको घर फर्किने क्रम सुरु भयो। एकै पटक हजारौंको संख्यामा नेपाली फर्किएपछि तिनीहरुको व्यवस्थापन गर्न सरकारलाई निकै गाह्रो परेको थियो। क्वारेन्टाइन व्यवस्थित गर्न नसक्दा कतिपयको क्वारेन्टाइनमै ज्यान गयो। यस्तै समस्या भोगिरहेका थियो, दैलेखको दुल्लु नगरपालिकाले पनि। भारतबाट आउनेको भीड बढ्न थालेपछि नगरपालिकाले १३ वटै वडामा क्वारेन्टाइन निर्माण सुरु गर्‍यो। नगरपालिकाभित्र ४० वटा क्वारेन्टाइन निर्माण गरिए।  दुल्लु नगरपालिकामा रहेका क्वारेन्टाइन मानिसको चाप अनुसार अपुग अपुग थिए। ४ हजारभन्दा बढी व्यक्तिलाई राखिएको थियो ती क्वारेन्टाइनमा। त्यहाँ क्वारेन्टाइनभित्रै दुई जनाको मृत्यु भएको थियो। क्वारेन्टाइनमा बस्नेको संख्या अत्यधिक भएकाले सुरुसुरुमा त कोरोना परीक्षण गर्न निकै कठिन भएको अनुभव सुनाउँ...
थप १०३ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ११ हजार ६३७ पुग्यो

थप १०३ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ११ हजार ६३७ पुग्यो

अन्तर्वार्ता
काठमाडौं- शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। योसहित नेपालमा हालसम्म ११ हजार ६३७ उपचारपछि निको भएका छन्।  कूल संक्रमितमध्ये निको हुनेको दर ६७ दशमलब ५ प्रतिशत हो। विगत २४ घण्टायता ३ हजार ३३१ जनाको कोरोनाको पिसिआर परीक्षण भएको छ। हाल २३ हजार २ सय ७५ जना क्वारेन्टाइनमा छन् भने ५ हजार २५ जना  आइसोलेसनमा छन्।  शनिबार थपिएका ५७ संक्रमितसमेत गरी देशभर कुल संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ।  प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै प्रदेश नम्बर ५ बाट ३ हजार ७१५ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यसैगरि, प्रदेश नम्बर २ मा २ हजार ६३३ जना र सुदुरपश्चिम प्रदेशमा १ हजार ६३४ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भईरहेका छन्।  कर...
अध्ययन: कोरोना संक्रमितलाई लक्षणका आधारमा यी ६ वर्गमा विभाजन गरे नियन्त्रण सहज

अध्ययन: कोरोना संक्रमितलाई लक्षणका आधारमा यी ६ वर्गमा विभाजन गरे नियन्त्रण सहज

अन्तर्वार्ता, उपचार बिधी, समाचार, स्वास्थ्य विशेष
एजेन्सी- कोरोना भाइरसका लक्षणहरू व्यक्ति नै पिच्छे फरकफरक पाइएको भनिँदै आएको आएको अवस्थामा अनुसन्धाताहरूले गरेको एक अध्ययनमा भने विभिन्न ६ वर्गमा यसका लक्षणलाई विभाजन गर्न सकिने उल्लेख छ। कस्ता लक्षण भएका संक्रमितलाई भेन्टिलेटरमा राख्ने र कस्तो लक्षण भएका संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको सामान्य व्यवस्था गर्ने भन्ने विषयमा पहिले नै थाहा पाउन सकिन्छ भन्ने विषयलाई दृष्टिगत गरी अध्ययन गरिएको अनुसन्धाताहरूको भनाइ छ।  यो अध्ययनले कस्ता संक्रमितलाई अस्पताल भर्ना गर्ने‚ कस्ता संक्रमितलाई श्वासप्रश्वासमा सहजता ल्याउन विभिन्न मेसिनहरूको प्रयोग गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरूले पहिले नै थाहा पाउन सक्ने अनुसन्धाताहरूको दाबी छ।  सामान्य लक्षण देखिँदा नै उचित उपाय अपनाए गम्भीर लक्षण नदेखिने र परिवार तथा नर्सको सहयोगमा संक्रमण थप फैलनबाट नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। मा...
जनकपुर अस्पतालको कोभिड संघर्ष : आइसोलेसन बनाउँदाको विरोधदेखि सिसिटिभीबाट संक्रमितको निगरानीसम्म

जनकपुर अस्पतालको कोभिड संघर्ष : आइसोलेसन बनाउँदाको विरोधदेखि सिसिटिभीबाट संक्रमितको निगरानीसम्म

अन्तर्वार्ता
काठमाडौं- ‘अस्पतालमा आइसोलेसन स्थापना गर्ने ठाउँ नभएकोले नजिकका स्कुल तथा कलेजमा आइसोलेसन तयार गर्नुपर्ने अवस्था थियो। समुदायमा फैलिने डरले बस्ती नजिक क्वारेन्टाइन नबनाउन स्थानीयले चर्को विरोध गरे,' आइसोलेसन वार्ड स्थापना गर्दा भोग्नुपरेका तितो अनुभव सुनाए जनकपुर अस्पतालका बालरोग विशेषज्ञ तथा धनुषा जिल्ला कोभिड-१९ म्यानेजमेन्ट सेन्टरका संयोजक डा जामुन प्रसादसिंहले भने, 'विश्वभर महामारीको रूप लिएको कोभिडका कारण स्थानीयमा संक्रमणको डर हुनु स्वभाविकै पनि हो। तर समुदायमा फैलने गरी क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने पक्षमा हामी पनि थिएनौँ।'   स्थानीयको विरोधकै बीच जनकपुर प्रादेशिक अस्पतालले सिटिइभिटीको कलेज, गनगुली आयुर्वेद कलेज र जनकपुर नर्सिङ कलेज गरी ३ वटा आइसोलेसन सेन्टरको स्थापना गरेको थयो। तीन वटै आइसोलेसन सेन्टरमा गरी २ सय ४२ शय्या छन्। सिंहका अनुसार ४२ शय्याको आइसोल...