
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कार्यरत नर्सको अनुभव
म झापा बिर्तामोड निवासी पेसाले एक नर्स हुँ।
हाल झापास्थित देवि मावि झापा बिर्तामोडमा स्कुल हेल्थ नर्सको रुपमा कार्यरत छु।
विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको बिगबिगी जताततै फैलिरहेको बेला नेपाल पनि यसबाट चोखो रहन सकेन। नेपालमा पनि लकडाउन सुरु भएदेखि सम्पूर्ण विद्यालय बन्द भए। पठनपाठन ठप्प नै भयो। एउटा स्कुल हेल्थ नर्सको नाताले म पनि यो महामारीप्रति चिन्तित नै थिएँ। कहीँ कुनै विद्यार्थी पनि संक्रमित भए भने त्यसको नतिजा के होला? यसरी नै मनमा खुल्दुली चलिरहेको थियो।
२०७७-१-९ गते अचानक प्रदेश १ मन्त्रालयबाट फोन आयो। उहाँहरुले जानकारी दिए अनुसार प्रदेश १ ले तयार पारेको कोरोना अस्पतालमा प्रदेश १ का स्कुल हेल्थ नर्सहरुलाई पनि खटाइने कुरा जानकारीमा आयो। मलाई पनि त्यहाँ ड्युटीमा राखिएको कुरा थाहा पाएँ।
तत्कालै कै भन्न सकिनँ। यत्रो महामारीले संसारलाई हल्लाइरहेको...