२०७८ असार ५, शनिबार

उपचार बिधी

यस्ता छन् लकडाउन अन्त्य गर्नेसहित कोरोना र लकडाउनसँग सम्बन्धित मन्त्रिपरिषदले गरेको स्वास्थ्यका ११ निर्णय

यस्ता छन् लकडाउन अन्त्य गर्नेसहित कोरोना र लकडाउनसँग सम्बन्धित मन्त्रिपरिषदले गरेको स्वास्थ्यका ११ निर्णय

अन्तर्वार्ता, उपचार बिधी, जीवनशैली
काठमाडौं- सरकारले आजदेखि लकडाउन अन्त्य गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्। भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। सरकारले लकडाउन अन्त्य गर्ने निर्णयमा लकडाउन र कोरोनासँग सम्बन्धित स्वास्थ्यका ११ वटा निर्णय पनि गरेको छ। हेरौं निर्णय  विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा देहायबमोजिम गर्ने गराउने गरी संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम देहायको आदेश जारी गर्ने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाश...
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कार्यरत नर्सको अनुभव

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कार्यरत नर्सको अनुभव

अन्तर्वार्ता, उपचार बिधी, समाचार, स्वास्थ्य विशेष
म झापा बिर्तामोड निवासी पेसाले एक नर्स हुँ। हाल झापास्थित देवि मावि झापा बिर्तामोडमा स्कुल हेल्थ नर्सको रुपमा कार्यरत छु। विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको बिगबिगी जताततै फैलिरहेको बेला नेपाल पनि यसबाट चोखो रहन सकेन। नेपालमा पनि लकडाउन सुरु भएदेखि सम्पूर्ण विद्यालय बन्द भए। पठनपाठन ठप्प नै भयो। एउटा स्कुल हेल्थ नर्सको नाताले म पनि यो महामारीप्रति चिन्तित नै थिएँ। कहीँ कुनै  विद्यार्थी पनि संक्रमित भए भने त्यसको नतिजा  के होला? यसरी नै मनमा खुल्दुली चलिरहेको थियो। २०७७-१-९ गते  अचानक प्रदेश १ मन्त्रालयबाट फोन आयो। उहाँहरुले जानकारी दिए अनुसार प्रदेश १ ले तयार पारेको कोरोना अस्पतालमा प्रदेश १ का स्कुल हेल्थ नर्सहरुलाई पनि खटाइने कुरा जानकारीमा आयो। मलाई पनि त्यहाँ ड्युटीमा राखिएको कुरा थाहा पाएँ। तत्कालै कै भन्न सकिनँ। यत्रो महामारीले संसारलाई हल्लाइरहेको...
अध्ययन: कोरोना संक्रमितलाई लक्षणका आधारमा यी ६ वर्गमा विभाजन गरे नियन्त्रण सहज

अध्ययन: कोरोना संक्रमितलाई लक्षणका आधारमा यी ६ वर्गमा विभाजन गरे नियन्त्रण सहज

अन्तर्वार्ता, उपचार बिधी, समाचार, स्वास्थ्य विशेष
एजेन्सी- कोरोना भाइरसका लक्षणहरू व्यक्ति नै पिच्छे फरकफरक पाइएको भनिँदै आएको आएको अवस्थामा अनुसन्धाताहरूले गरेको एक अध्ययनमा भने विभिन्न ६ वर्गमा यसका लक्षणलाई विभाजन गर्न सकिने उल्लेख छ। कस्ता लक्षण भएका संक्रमितलाई भेन्टिलेटरमा राख्ने र कस्तो लक्षण भएका संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको सामान्य व्यवस्था गर्ने भन्ने विषयमा पहिले नै थाहा पाउन सकिन्छ भन्ने विषयलाई दृष्टिगत गरी अध्ययन गरिएको अनुसन्धाताहरूको भनाइ छ।  यो अध्ययनले कस्ता संक्रमितलाई अस्पताल भर्ना गर्ने‚ कस्ता संक्रमितलाई श्वासप्रश्वासमा सहजता ल्याउन विभिन्न मेसिनहरूको प्रयोग गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरूले पहिले नै थाहा पाउन सक्ने अनुसन्धाताहरूको दाबी छ।  सामान्य लक्षण देखिँदा नै उचित उपाय अपनाए गम्भीर लक्षण नदेखिने र परिवार तथा नर्सको सहयोगमा संक्रमण थप फैलनबाट नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। मा...