२०७८ असार ५, शनिबार

मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ताजनक : विश्व स्वास्थ्य संगठन

एजेन्सी- विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ। विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुराको बताएका हुन्। 

उनले भने‚ ‘केही मध्यपूर्वका राष्ट्रहरुमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केस बढिरहेकोले अबको अवस्था आगामी दिनमा झन् खतरा हुँदै जाने देखिएको छ।’ 

उनका अनुसार साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको हो। 

ती देशहरुमा मृत्युदर पनि बढ्दै गएको देखिएको छ। निर्देशक मान्धारीका अनुसार ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्युदर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले वृद्धि भएको पाइएको छ। 

त्यस क्षेत्रमा गएका केही हप्तायता निको हुने दर पनि स्थिर रहेको देखिन्छ। प्राप्त समाचारमा ती क्षेत्रमा करिब १० लाख संक्रमित निको भएर घर फर्किएको पाइएको छ। नागरिकहरुले यसबाट जोगिनुपर्ने स्वास्थ्यका मापदण्ड नअपनाई हेलचक्र्याईं गरेको उनको बुझाइ छ। 

त्यसैगरी यहाँका सरकारहरुले पछिल्ला केही हप्ताहरुमा स्वास्थ्य परीक्षणको दायारा पनि घटाएको बताइएको छ। त्यस्तै सरकारले यहाँ धेरै जना मानिसलाई जम्मा हुन नदिने तथा अरु सुरक्षाका मापदण्डहरु अपनाउने कुरामा पनि सरकारले कडाइ नगरेकाले यस्तो अवस्था आएको विश्व स्वास्थ्य संगठनले  यसअघि पनि जनाएको थियो।

Share via
Copy link
Powered by Social Snap